Nepal Mediciti Hospital Ad

पाकिस्तानको राजधानीमा बस दुर्घटना १३ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : असार २६, २०७६ अन्तर्राष्ट्रिय
accident

पाकिस्तानको राजधानी इस्लामावाद नजिक बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । इस्लामावादबाट झण्डै ४५ किलोमीटरको दूरीमा पर्ने हसन अब्दलनजिकै तीव्र गतिमा गुडिरहेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बस स्वात सहरबाट लाहौरतर्फ जाँदै गरेको थियो । दुर्घटनामा परी घाइते भएका यात्रुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । पाकिस्तानमा अप्रशिक्षित चालक, खराब सडकका कारण सडक दुर्घटनाहरु हुँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित