Nepal Mediciti Hospital Ad

विश्वकप क्रिकेट: सेमिफाइनलमा इंग्ल्यान्डसँग अष्ट्रेलिया र भारतसँग न्युजिल्यान्ड भिड्ने

तपाईको खबर संवाददाता प्रकाशित : असार २४, २०७६ खेलकुद
new zealand

विश्वकप क्रिकेटको सेमिफाइनलमा आयोजक टोली इंग्ल्यान्डले अष्ट्रेलियाको सामना गर्दा भारतले न्युजिल्यान्डसँग खेल्ने भएको छ ।जुलाई ९ मा हुने पहिलो सेमिफाइनलमा भारतले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, दोस्रो सेमिफाइनलमा जुलाई ११ तारिखमा इंग्ल्यान्डले अष्ट्रेलियाको सामना गर्नेछ ।फाइनल खेल भने जुलाई १४ मा हुनेछ ।

लिग चरणमा भारत शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा अष्ट्रेलिया तेस्रो स्थानमा इंग्ल्यान्ड र चौथो स्थानमा न्युजिल्यान्ड रहंदै विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेका हुन् । भारतले खेलको कुल ९ खेलबाट सात खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै १५ अंक बनाएको थियो ।

यता, अष्ट्रेलियाले भने ९ खेलबाट सात खेलमा जित र दुई खेलमा हार ब्योहोर्दै १४ अंक बनाएर दोस्रो स्थानमा रहेको हो । इंग्ल्यान्डले ९ खेलबाट ६ खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै १२ अंक बनाउँदा न्युजिल्यान्डले ९ खेलबाट पाँच खेलमा जित, तीन खेलमा हार र एक खेल भने पानीको कारण रद्द भएपछि अंक बाँड्दै ११ अंक बनाएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित