Nepal Mediciti Hospital Ad

भारतको उत्तर प्रदेशमा बस दुर्घटना, २९ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : असार २३, २०७६ Flash News, अन्तर्राष्ट्रिय
accident

भारत उत्तर प्रदेशको आगरास्थित यमुना एक्सप्रेस वे मा बस दुर्घटनामा पर्दा २९ जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन् । लखनउबाट दिल्ली आउँदै गरेको सो बस आगराको झरना नालामा झरेको थियो ।

प्रशासनका अनुसार सबै शवलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पतालमा पठाइएको छ । यमुना एक्सप्रेस वेमा सो बस सडकको बार भाँचेर नालामा खसेको थियो । ड्राइभर निदाएका कारण यो दुर्घटना भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित