Nepal Mediciti Hospital Ad

‘फर्कीयो’

तपाईको खबर संवाददाता प्रकाशित : असार १९, २०७६ कला खबर, गजल, साहित्य, सिर्जना
votinig

खै उ रहरमा फर्कीयो या करमा फर्कीयो
सायद चुनाब हारीन्छ भन्ने डरमा फर्कीयो।

जाँदा धुलाम्य बाटो गाथ्यो ट्याकटर चढेर
आउँदा मन्त्री बनेर हेलीकप्टरमा फर्कीयो।

टन्न हुँदा साङ्लो चुडाइ भागेको कुकुर पनि
भोक लागेपछि हड्डी खोज्दै घरमा फर्कीयो।

पहीले जस्को निधारमा तेर्साएथ्यो बन्दुकको नाल
अहीले त्यही सुरक्षा गार्डको भरमा फर्कीयो।

समाजसेवा गर्न धुर्मुस सुन्तली गाउँमा आउँदैछन् रे
गाउँको नेता कलाकार भएर सहरमा फर्कीयो।

      मनिषा पौडेल

प्रतिकृया दिनुहोस्

सम्बन्धित