Nepal Mediciti Hospital Ad

‘थाहै भएन’

तपाईको खबर संवाददाता प्रकाशित : असार १९, २०७६ कला खबर, गजल, साहित्य, सिर्जना
Gajal

उ आफ्नो हो की पराइ थाहै भएन
मेरो आँखामा बस्न कीन डराइ थाहै भएन।।

मैले त आफ्नै ठानी मुटुमा राखेको थेँ
तर मुटुबाटै कता हराइ थाहै भएन।।

हिजोसम्म मैसँग टास्सीएर बस्थी
आज कता भयो बसाइ सराइ, थाहै भएन।।

आखीर माया त पराइलाइ पो गर्दीरैछे ऊ
किन मसँग अधर स्पर्श गराइ,थाहै भएन।।

मलाइ छोडी मेरो संसारबाटै गएपछि पनि
फेरी मेरै नाम लिइ कीन कराइ ,थाहै भएन।।

प्रमोद भट्टराई

प्रतिकृया दिनुहोस्

सम्बन्धित