Nepal Mediciti Hospital Ad

विश्वकप क्रिकेट: आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

तपाईको खबर संवाददाता प्रकाशित : असार १७, २०७६ खेलकुद
Bangaladesh

विश्वकप क्रिकेटमा आज बलियो भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

विर्मिङहृयाममा नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा भारतले बंगलादेशसँग खेल्दैछ । सेमिफाइनल नजिक रहेको भारत बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।

यता, बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहन्छ । बंगलादेशविरुद्ध भारत स्पष्ट जितको खोजिमा हुनेछ । इंग्ल्यान्डविरुद्ध यसअघि पराजित भएको भारत आजको खेल आफ्नो पकडमा पार्न चाहन्छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने बर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ । अब भारत फाइनल पुग्नका लागि एक खेल काफी छ ।

यता, बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा बर्षाको कारण अंक बाँड्दै सात अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित