आज : २०७६ कात्तिक १० गते

Nepal Mediciti Hospital Ad

धादिङमा बस दुर्घटना २ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : असार १५, २०७६ Flash News, मुख्य खबर, समाचार
accident

धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किंदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन् ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित