आज : २०७६ कात्तिक १७ गते

Nepal Mediciti Hospital Ad

अछाममा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु ४ जना घाइते

तपाईको खबर संवाददाता प्रकाशित : असार ११, २०७६ Flash News, समाचार
accident

अछाम जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो ।

मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका विद्यार्थी भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार एसईई परीक्षा दिएर बसेका रमेश परीक्षाफलको प्रतीक्षामा थिए भने लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए ।

दुर्घनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।दुर्घटनाका ट्रयाक्टर चालकले भने भागेर ज्यान जोगाएका छन् ।प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित