आज : २०७६ कात्तिक ३ गते

Nepal Mediciti Hospital Ad

तोलाको ६५ हजार ५ सय पुग्यो बहुमुल्य धातु सुनको मूल्य

तपाईको खबर संवाददाता प्रकाशित : असार १०, २०७६ अर्थ, आर्थिक खबर
ornaments of gold

सुनको मूल्यमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ ।

मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेर ६४ हजार पुगेको थियो । शुक्रबार पुनः प्रतितोलमा एक हजार रुपैयाँले बढेर ६५ हजार पुग्यो ।

शुक्रबारदेखि सोमबार प्रतितोला रु ६५ हजारमा स्थिर रहेको मूल्य मंगलबार पुनः ५ सय रुपैयाँले बढेको हो । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि राजधानिका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको भिड लागेको छ । सुन नभई नहुनेहरुले पनि सुन खरिदको मात्रा घटाएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित