Nepal Mediciti Hospital Ad

दाङको स्वास्थ्य प्रतिष्ठानमा बिरामीको मृत्यु, अवस्था तनावग्रस्त

तपाईको खबर संवाददाता प्रकाशित : असार ९, २०७६ Flash News, मुख्य खबर, शिक्षा-स्वास्थ्य, समाचार
RAPTI

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको मृत्युपछि अवस्था तनावग्रस्त छ ।

पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको थियो । डाक्टरले लापरबाही गरेर ज्यान गएको भन्दै आफन्तले अहिलेसम्म शवसमेत उठाएका छैनन् ।

राती १ बजे उनले पिसाब रोकिएर छटपटाउन सुरू गरेकी थिइन्, मृतकका श्रीमान टिकाराम साढेले भने, हामीले स्टार्फ नर्सहरुलाई डाक्टर बोलाउन आग्रह गर्‍यौं । तर कोही पनि आएनन् । डाक्टर नआएपछि सोमबार बिहान ८ बजे उनको मृत्यु भएको थियो ।

मृतकका आफन्तलाई के कारणले मृत्यु भएको भन्ने कुनै जानकारी पनि नदिएको भन्दै सोमबार २ बजेसम्म पनि शव पनि उठाएका छैनन् ।

स्वास्थ्यकर्मीहरुको लापरबाहीकै कारणले मृत्यु भएको भन्दै पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित