आज : २०७६ कात्तिक ७ गते

Nepal Mediciti Hospital Ad

विश्वकप क्रिकेट: आज इंग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

तपाईको खबर संवाददाता प्रकाशित : असार ६, २०७६ खेलकुद
Srilanka vs Ingland

विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।घरेलु टोली इंग्ल्यान्ड र श्रीलंकाबीचले नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । यता, श्रीलंका भने दोस्रो जितको खोजिमा छ ।

वर्षाले सताएको श्रीलंकाले यसअघिको पाँच खेलमध्ये दुई खेलमा हार र दुई खेलमा पानीको कारण रद्द भएपछि अंक बाँडेको थियो । त्यस्तै, श्रीलंकाले एक खेलमा भने जित हात पारेको छ । पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको श्रीलंकाले दोस्रो खेलमा भने अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो । तर त्यसपछिका दुई खेल लगातार पानीको कारण श्रीलंकाले अंक बाँडेको थियो । पाकिस्तान र बंगलादेशविरुद्धको खेल पानी परेपछि रोकिएको थियो ।

त्यसपछि अष्ट्रेलियाविरुद्ध भएको खेलमा भने ८७ रनले हार्न पुगेको थियो ।

यता, इंग्ल्यान्डले भने आफुले खेलको पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । आफ्नो पहिलो खेलमा नै दक्षिण अप्रिmकालाई १०४ रनले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले हार्न पुगेको थियो । त्यसपछिको लगातार तीन खेलमा जित हात पारेको छ । इंग्ल्यान्डले बंगलादेशलाई १०६, वेष्ट इन्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनले हराएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित