आज : २०७६ कात्तिक ३ गते

Nepal Mediciti Hospital Ad

मलेसियासँगको श्रम समझदारीलाई कार्यान्वयनमा लैजान नेपाल सरकारको जोड

तपाईको खबर संवाददाता प्रकाशित : असार ५, २०७६ Flash News, प्रवास
malasiya

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीलाई कार्यान्वयनमा लैजान नेपाल सरकारले जोड दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्वीटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँगको भेटवार्ताका क्रममा श्रम समझदारीलाई कार्यान्वयनमा लैजान जोड दिएका हुन् ।

नेपालको प्रतिनिधि मण्डलमा रहेका मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित रहेको जानकारी दिए ।

त्यसका लागि एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समिततिको बैठक बस्ने समझदारी भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित