Nepal Mediciti Hospital Ad

युरोप भ्रमणबाट आज नेपाल फर्कदैछन् प्रधानमन्त्री केपी शर्मा ओली

तपाईको खबर संवाददाता प्रकाशित : असार १, २०७६ Flash News, मुख्य खबर, राजनीति, समाचार
kp oli

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश आइपुग्ने भएका छन् ।

युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणका लागि यही जेठ २५ गते त्यसतर्फ लागेका ओली कतार एयरवेजको विमानबाट अहिले बिहान काठमाडौं एयरपोर्टमा आइपुग्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए । स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए । बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।

यस्तै बेलायत भ्रमणका क्रममा त्यहाँकी प्रधानमन्त्री टेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग पनि ओलीले भेटघाट गरेका थिए ।

बेलायतपछि फ्रान्स पुगेका ओलीले त्यहाँको विकास अवलोकन गर्नुक साथै आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारी पक्षको दाबी छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित