Nepal Mediciti Hospital Ad

कञ्चनपुरमा सवारी दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३१, २०७६ Flash News, मुख्य खबर, समाचार
accident

कञ्चनपुरमा २ सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले दुर्घटनामा परेका ३ जनाको घनास्थलमै ज्यान गएको पुष्टि गरेको छ ।मृतक तीनै जना अटोरिक्सामा सवार थिए । प्रहरीका अनुसार उनीहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ५ जना घाइते छन् । घाइतेमध्ये अटोरिक्साका चालकको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारत पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित