Nepal Mediciti Hospital Ad

साउदी अरेबियामा एक नेपालीलाई मृत्युदण्डको फैसला

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७६ प्रवास
death penalty

साउदी अरेबियाको अदालतले हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका एक नेपालीको बारेमा त्यहाँको पुनरावेदन अदालतले पनि तल्लो अदालतकै आदेशलाई सदर गरेको छ । उदयपुरका विवेक दाहाल हत्याको आरोपमा विगत बाह्र वर्षदेखि साउदी जेलमा रहँदै आएका थिए । उनलाई आफ्नै नाता पर्ने मोरङका राजेन्द्र बिष्टलाई सुतिरहेको अवस्थामा हत्या गरेको अभियोग लागेको थियो । उक्त घटना सन् २००७को फेब्रुवरी २ को हो ।

साउदी अरेबियास्थित नेपाली दूतावासले पीडित परिवारलाई ब्लडमनी दिने व्यवस्थाको माग गर्दै साउदी अदालतमा निवेदन दिएको भएपनि सो निवेदन अदालतबाट बहुमतले अस्वीकार गरिएको जनाइएको छ । तीन जनाको इजलासमा एक जना न्यायाधीशले स्वीकार गर्नुपर्ने जनाएपनि बाँकी दुईले अस्वीकार गरेका थिए ।

सो सम्बन्धमा साउदी अरेबियाको सर्बोच्च अदालतमा नेपाली दूतावासले निवेदन दिएको जनाइएको छ । दाहाललाई माफी दिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र अहिले साउदी अरेबियाको विदेशमन्त्रालयमा पठाइएको जनाइएको छ । साउदी अरेबियाका राजाले सोही पत्रका आधारमा दाहाललाई माफी दिन सक्ने भएपनि के हुन्छ यसै भन्न नसकिने नेपाली दूतावासका एक अधिकारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित