आज : २०७६ कात्तिक ५ गते

Nepal Mediciti Hospital Ad

विश्वकप क्रिकेट: आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७६ खेलकुद, मुख्य खबर
new zealand

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ । उच्च लयमा रहेका दुवैै टिमबीच आज प्रतिस्पर्धा हुँदा नतिजा कुन टिमको पक्षमा जाला र?

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यसअघि भएको तीनै खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । आफ्नो पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

त्यस्तै, आफ्नो दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले पराजित गरेको न्युजिल्यान्डले तेस्रो खेलमा भने अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

यता भारत भने तेस्रो जितको खोजिमा हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।

न्युजिल्यान्डको ब्याटिङ निकै बलियो छ । त्यतिकै बलियो बलिङ पनि छ । मार्टिन गुप्टिल र कोलिन मुनरो ओपनिङमा आउँदा भारतीय बलरलाई आउट गर्न निकै सकस पर्नेछ । त्यस्तै, तेस्रो नम्बरमा कप्तान केन विलियम्सन, चौथो नम्बरमा रोस टायलर र पाँचौंमा टोम लाथमले ब्याटिङ गर्दै न्युजिल्यान्डको मिडिल अर्डर धान्ने छन् । त्यस्तै, जेम्स निशाम, कोलिन डे ग्रान्डहोम र मिचेल साट्नर जस्ता अलराउण्डरले न्युजिल्यान्डको फिनिसिङ लाइन सम्हाल्ने छन् ।

बलिङ पनि न्युजिल्यान्डको निकै बलियो छ ।

यता, भारत अहिलेसम्मकै सन्तुलित र बलियो टिम गनिएको छ । ब्याटिङ बलिङ उतिकै प्रभावकारी देखिन्छ । तर ओपनिङमा योपटक शिखर धवन हुने छैनन् । उनी चोटका कारण मैदान बाहिर नै अझै लामो समय बस्ने छन् । उनको स्थानमा ओपनिङमा रोहित शर्मालाई साथ दिन केएल राहुल हुनेछन् । त्यस्तै, तेस्रो नम्बरमा कप्तान विराट कोहली आउने छन् । भारतको मिडिल अर्डर निकै बलियो देखिन्छ । मेहन्द्रसिंह धोनी, हार्दिक पाण्ड्या, केदार जाधव, रविन्द्र जडेजा जस्ता खेलाडी छन् । बलिङतर्फ भने भारतका बलर निकै फर्ममा रहेका छन् ।

यसअघि विश्वकपको अभ्यास खेलमा भारत र न्युजिल्यान्डको भेट भएको थियो । त्यो खेलमा भने भारतको ब्याटिङ लाइन ध्वस्त नै भएको थियो । ३९.२ ओभरमा भारतले सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सकेको थियो । सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । त्यही नतिजालाई दोहो¥याउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ । भारतभने त्यसको बदला लिन चाहन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित