Nepal Mediciti Hospital Ad

रौतहटमा बस दुर्घटना, दुई जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २८, २०७६ Flash News, समाचार
accident

रौतहटमा रोकिराखेको यात्रुवहाक बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार भारत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशाल रहेका प्रहरीले जनाएको छ । काठमाडौँबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा २१ जना घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ । बाँकी अन्य घर फर्केको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित