आज : २०७६ कात्तिक १२ गते

Nepal Mediciti Hospital Ad

किन सर्‍याे नेपाल लोक स्टारको मेगा अडिसन मिति ? कुन प्रदेशको कहिले हुन्छ मेगा अडिसन ?

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १२, २०७६ Big News, Flash News, मुख्य खबर, लाेकस्टार विशेष, समाचार
Nepal lok star

नेपाली लोक संगीतको क्षेत्रमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीसहित आयोजना हुन लागेको रियालिटी शो ‘नेपाल लोक स्टार’ले दोस्रो चरण अर्थात मेगा अडिसनको मिति प्राविधिक कारणले केहिदिनको लागि सरेको छ ।

स्थानिय स्तरमा लुकेर बसेको प्रतिभाको पहिचानको लागि भएको पहिलो चरणको अडिसन सातै प्रदेशमा सकिएता पनि दोश्रो राउण्डको लागि स्टेज तयार हुन केहि दिन लाग्ने भएकोले अडिसनको मिति सार्न बाध्य भएको आयोजनक चाहाना मिडियाले जानकारी दिएको छ । प्रदेश अडिसनबाट बाट पहिलो चरण पार गरेर आएका प्रतिस्पर्धिहरु मेगा अडिसनमा सहभागी गराउने जसको लागि स्टेज तयार हुन अब केहि दिन लाग्ने भएकोले दोश्रो चरणको अडिसनको लागि जेठ १५ गतेबाट कार्यक्रम सुरुहुने समेत आयोजकले जानकारी दिएको छ ।

यस अघि आयोजकले सार्वजनिक गरेको तालिका अनुसार कार्यक्रम गर्नको लागि नसकेकोमा आयोजकले माफी समेत मागेको छ ।

विभिन्न कारणले यसअघि सार्वजनिक भएको मितिमा अडिसन हुन नसकेको भए पनि यस पटक भने सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकोले जुनै अवस्थामा पनि जेठ १५ गतेबाट दोश्रो चरणको अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ ।

प्रदेश नं ७ बाट पहिलो चरण पार गरेका प्रतिस्पर्धीहरुलाई जेठको १५ गते दोश्रो चरणको अडिसन लिने जसमा डिजिटल तर्फबाट छनौट भएकाहरुलाई सहभागी गराइने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रदेश ६ का प्रतिस्पर्धीहरुको दोश्रो चरणको अडिसन जेठ १६ गते हुनेछ भने जेठ १७ गते ५ नम्बर प्रदेशको अडिसन हुन्छ, यस्तैगरी चार नम्बर प्रदेशको अडिसन १९ गते हुनेछ, २० गते प्रदेश नम्बर १ को दोश्रो चरणको अडिसन हुनेछ भने, २ नम्बर प्रदेशको दोश्रो चरणको अडिसन जेठ २१ गते हुनेछ, र ३ नम्बर प्रदेशको अडिसन भने २३ गते हुनेछ ।

जेठ २५ गतेबाट टेलिभिजनमा प्रशारण हुने गरी सञ्चालनमा हुने गरी सञ्चालन हुने कार्यक्रममा डिजिटल अडिसन दिएर छनौट भएका प्रतिस्पर्धीहरुले समेत सम्बन्धीत प्रदेशको अडिसनको दिन सहभागी भएर अडिसन दिनु पर्ने आयोजक चाहाना मिडिया प्रा.लीले जानकारी दिएको छ ।

अडिसनमा सहभागी प्रतिस्पर्धिहरुलाई बरिष्ठ गायक जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बीबी अनुरागीले जज गर्नेछन् । ‘नेपाल लोक स्टार’को मेगा अडिसन टेलिभिजन च्यानल एपि। वान। एच। डि को स्टुडियो थापाथलीमा हुने आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिएका छन् ।’

सम्बन्धित खबर

4. लोक स्टार पोखरा अडिसनबाट ३६ जना छनौट (नामावलीसहित)

5. ‘लोक स्टार’ बुटवल अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

6. नेपाल लोक स्टारको सुर्खेत अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

7. ‘नेपाल लोक स्टार’ धनगढी अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

प्रतिकृया दिनुहोस्

सम्बन्धित