Nepal Mediciti Hospital Ad

इण्डोनेसियाको राष्ट्रपतिमा जोको विदोदो निर्वाचित

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ७, २०७६ अन्तर्राष्ट्रिय
indonesia flag

इण्डोनेसियाको राष्ट्रपतिमा जोको विदोदो पुनः निर्वाचित भएका छन् । गएको महिना निर्वाचन भएकोमा त्यसको नतिजा आज सार्वजनिक गरिएको हो ।

उनले पूर्व जनरल प्रवोओ सुबिआन्तोलाई पराजित गरेका छन् । पूर्वनिर्धारित तिथी भन्दा एक दिन अघि नै नतिजा सार्वजनिक गरिएको हो । तनावको वातावरण सिर्जना हुन सक्ने पूर्वानुमानका कारण एक दिन अघि नै नतिजा सार्वजनिक गरिएको हुन सक्ने जनाइएको छ ।

राजधानी जकार्तामा करिब ३२ हजार सुरक्षाकर्मी तैनाथ गरिएको एएफपीले जनाएको छ । ६७ वर्षिय प्रवोओ स्वयंले भने नतिजाको बारेमा अदालतमा चुनौति दिने कि नदिने भनेर केहीपनि बताइसकेका छैनन् ।

उनले यसअघि निर्वाचनमा धाँधली भएको बताउँदै सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए । निर्वाचन आयोगका अनुसार विदोदोले ५५ दशमलब ५ प्रतिशत र प्रवोओले ४४ दशमलब ५ प्रतिशत मत पाएका छन् । १७ अप्रिलमा भएको सो निर्वाचनमा १९२ मिलियन जनता मतदानका लागि योग्य थिए भने त्यसले २० हजार जना स्थानीय र राष्ट्रिय विधायकहरु चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित