Nepal Mediciti Hospital Ad

आफ्नै विश्व कीर्तिमानी तोड्दै कामिरिताले २४ औं पटक आरोहण गरे सर्वोच्च शिखर सगरमाथा

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ७, २०७६ Flash News, पर्यटन-ऊर्जा, रोचक विचित्र, समाचार
Kamirita

पर्वतारोही कामिरिता शेर्पाले २४ औं पटक आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बु जिल्लाका ४९ वर्षीय उनले आज बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् ।

उनले २३ औँ पटक अघिल्लो साता सगरमाथाको सफल आरोहण गरेका थिए । उनी सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित