Nepal Mediciti Hospital Ad

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ५, २०७६ Flash News, समाचार
accident

बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् ।

देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका १० का ४०–४५ वर्षका हिरा बल्लभ भट्ट र ६०–६५ वर्षकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपीले जानकारी दिए । मृत्यु भएका अर्का एकजना पुरुषको सनाखत भइनसकेको उनले बताए ।

घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित