Nepal Mediciti Hospital Ad

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ५, २०७६ खेलकुद
manchester city

इङ्लिस प्रिमिएर लिग फुटबलमा च्याम्पियन बनेको एक साता नबित्दै म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । फाइनलमा वाट्फोर्डमाथि ६–० को सहज जित निकाल्दै सिटीले उपाधि कब्जा गरेको हो ।

सिटीलाई उपाधि जिताउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले २–२ गोल गरे । डेभिड शिल्भा र केभिन डी बु्रयनले एक–एक गोल गरे ।

वेम्बली स्टेडियममा २६ औं मिनेटमा शिल्भाको गोलबाट अग्रता लिएको सिटीले ३८ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । सिटीका लागि दोस्रो गोल गरेका जिससले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसअघि ६१ औं मिनेटमा केभिनले टोलीको अग्रता ३–० का पुर्याएका थिए । खेल सकिन ९ मिनेट बाँकी रहँदा रहिमले टोलीलाई ५–० को अवस्थामा पुर्याए । ८१ औं मिनेटमा गोल गरेका रहिमले ६ मिनेट लगत्तै अर्को गोल गर्दै टोलीलाई ६–० को सहज जित दिलाए ।

एएफ कपको उपाधिसँगै सिटीले यो सिजन तिन उपाधि जितेको छ । एक साताअघि प्रिमिएर लिगको उपाधि जितेको सिटीले काराबाओ कपको उपाधि पनि जितेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित