Nepal Mediciti Hospital Ad

बारामा कार्यरत एक सेनाको ड्युटीको क्रममा बेहोस भएर मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ५, २०७६ Flash News, पत्रपत्रिकाबाट, समाचार
Dead body in a mortuary

बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो ।

राति ड्युटी गरिरहेका बेला अचानक बेहोस भएर ढलेका जैसीको उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

जैसीको शव अहिले पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पर्सा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित