Nepal Mediciti Hospital Ad

त्रिशूली नदीमा बस दुर्घटना, ५ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ५, २०७६ Flash News, समाचार
accident

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ ।

मृतक र घाइतेको परिचय खुलेको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको डिआईजीले जानकारी दिए । प्रहरीका अनुसार चालक सम्पर्कमा छैनन् । दुर्घटनाको कारण पनि खुलेको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित