Nepal Mediciti Hospital Ad

सुन्धारामा मोटरसाइकल दुर्घटना, एक युवतिको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७६ Flash News, समाचार
accident

काठमाडौँ महल अगाडि पानी ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे पनौती घर भई काँडाघारी बस्ने २३ वर्षीया सुनिता केसी रहेकी छिन् ।

ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई काठमाडौँ मलअघि ठक्कर दिएको थियो ।मोटरसाइकलमा केसीसँगै उनका पिता रामशरण केसी रहेका थिए ।

दुर्घटना लगत्तै दुवै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो ।सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ट्याङ्कर चालक अमर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित