Nepal Mediciti Hospital Ad

रुपन्देहि जिल्लामा १९ बर्षिय युवतिको शव फेला

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७६ Flash News, समाचार
death-of-body

रुपन्देहीमा एक यवुती मृत अवस्थामा फेला परेकी छन् ।बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा शव फेला परेको हो ।

सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षकले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको बताए । ‘पोष्टमार्टम रिपोर्टअनुसार घटनाको अनुुसन्धान गर्छौं । चाडै नै दोषीलाई कानुनी दायरामा ल्याउँछौं’ एसपीले भने ।

मृतकका बाबु महोम्मद हिसाहारका अनुसार सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गएका थिइन् । राति आमाले हेर्दा कोठामा नदेखेपछि खोजी गर्दा नभेटिएको भन्दै उनले भने, ‘मंगलबार पनि दिनभर खोज्यौ फेला पारेनौ तर आज यही भेटियो ।’

निशाको बिहे जेठ महिनामा नै हुने तय भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित