Nepal Mediciti Hospital Ad

आज मनाङ मर्स्याङ्दी र मिनर्वा पञ्जाब भिड्दै

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७६ खेलकुद
manang marsyandi

नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बुधबार एएफसी कप फुटबलको चौथो खेलमा भारतीय लिग च्याम्पियन क्लब मिनर्वा पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न ३ः०० बजेबाट सुरु हुनेछ । भारतमा भएको पहिलो खेलमा २–२ गोलको बराबरी खेलेका दुबै क्लब आजको खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछन् ।

मनाङ घरेलु मैदानमा हुने खेलमा ३ अंक बटुल्दै अघिल्लो चरण पार गर्ने सम्भावना जिवित राख्न चाहन्छ । यता पन्जाब पनि मनाङलाई घरेलु मैदानमा हुने खेलमा चुनौती दिने पक्षमा छ । दुबै टोलीको लक्ष्य जित हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित