Nepal Mediciti Hospital Ad

सोमबारसम्म मौसममा बदली हुने, हावाहुरी चट्याङसहित बर्षाको संभावना

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २८, २०७६ समाचार
weather

शनिबारदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

मौसमविदका अनुसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुनेछ । ‘केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ ।’

शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो । अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित