Nepal Mediciti Hospital Ad

आईपीएल अपडेट: कसले तय गर्ला फाइनलको यात्रा दिल्ली या चेन्नाई ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २७, २०७६ खेलकुद
CSK vs DC

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दोस्रो क्वालिफायर खेलमा शुक्रबार दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्‍सको सामना गर्दैछ । पहिलो इलिमिनेटर राउन्डमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको दिल्लीको खेलमा जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा छ । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुशार ७:४५ मा सुरु हुनेछ ।

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास बनाउने योजनामा छ । दिल्लीलाई समूह चरणको खेलमा चेन्नईले ८० रनले पराजित गरेको थियो । समुह चरणका खेलहरुमा पाएको सफलताले चेन्नाईलाई आजको खेलमा जित निकाल्न हौसला प्रदान हुनेछ । यता दिल्ली समुह चरणमा व्यहोर्यको हारको बदला दिने पक्षमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित