Nepal Mediciti Hospital Ad

१० महिनाकी छोरीको जलाएर हत्या गरेको आरोपमा बाबुआमा नै पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २७, २०७६ समाचार
leg of little baby

आफ्नै १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबआमा पक्राउ परेका छन् ।

बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो ।

घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षकले बताए ।

स्थानीयले खबर गरेपछि उनीहरुलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीले सदरमुकाम ल्याएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित