Nepal Mediciti Hospital Ad

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणको लागि भियतनाम प्रस्थान

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २६, २०७६ Flash News, मुख्य खबर, राजनीति, समाचार
kp-sharma_tapaikokhabar

प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६ दिन देश बाहिर हुने भएका छन् । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तो मान्न बिहीबार त्यसतर्फ जान लागेका ओली ६ दिन उतै व्यस्त हुन लागेका हुन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित