Nepal Mediciti Hospital Ad

आईपीएल अपडेट: इलिमिनेटर राउण्डमा आज दिल्ली र हैदरावाद खेल्दै

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २५, २०७६ खेलकुद
DC vs srh

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको इलिमिनेटर राउण्डमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

आज राति ७ बजेर ४५ मिनेटमा आईपीएलको प्लेअफअन्तर्गत यो खेल हुन लागेको हो । दुबै टिम जित हात पार्दै दोस्रो क्वालिफायरमा प्रवेश गर्न आतुर छन् ।

दिल्लीले जारी आईपीएलको लिग चरणमा १४ खेलबाट ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर तेस्रो स्थान कब्जा गरेको थियो । यता, हैदरावादलाई भने यो पटक भाग्यले साथ दियो । मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो । यदी कोलकत्ताले जितेको भए हैदरावाद आउट हुने थियो ।

हैदरावादले १४ खेलमध्ये ६ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको थियो । १२ नै अंक बनाएको कोलकत्ता र किंग्स इलाभेन पञ्जाब भने नेट रनरेटमा पछि पर्दै आईपीएलबाट बाहिरिएका हुन् ।

हैदरावाद र दिल्ली दुबैले लिग चरणको खेलमा नतिजा बाँडेका थिए । दिल्लीले होम गेममा हैदरावादसँग ५ विकेटले पराजय भोगेको थियो । तर अवे खेलमा भने दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित