Nepal Mediciti Hospital Ad

फ्राइडे रिलिजमा ‘दाल भात तरकारी’

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २०, २०७६ कला खबर, फिल्म-संगीत, मनोरञ्जन
dal vat tarkari

शुक्रवारबाट यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ देशैभर प्रदर्शनमा आएको छ । एकल प्रदर्शनको दुर्लभ संयोग पाएको यो फिल्ममा तीन पुस्ताको प्रतिनिधित्व गर्ने कलाकारहरुको अभिनय छ । सुदन केसी निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथामा आधारित भएर बनेको यो फिल्मले पर्याप्य मल्टीप्लेक्स स्क्रिन र सिंगल थिएटर पाएको छ । क्यूएफएक्सले राजधानीका पाँच स्टेशनमा मात्र २० सोज दिएको छ । तर, यस फिल्मलाई मल्टीप्लेक्समा अझै हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स स् इन्ड गेम’ कै डर छ । दोस्रो हप्ता पनि यो फिल्मको क्रेजमा कमी देखिएको छैन । यसले मल्टीप्लेक्स आफ्नो दबदबा अझै कायमै राखेको छ ।

नेपाली दर्शकको पहिलो रोजाई अझै पनि आफ्नो मुलुकको फिल्म बन्न नसकिरहेको अवस्थामा ‘दाल भात तरकारी’ लाई ‘एभेन्जर्स’ को डर रहनु स्वभाविकै हो । तर, ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा यस फिल्मलाई ‘एभेन्जर्स’ ले खासै ठूलो असर नगर्न सक्छ । सिंगल थिएटरमा भने फिल्मलाई कसैको डर छैन । फिल्मलाई दुई हप्ता हल खाली छ । धेरैले यस फिल्मले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने अनुमान गरेका छन् ।

भिजिट भिषा मा बोलको गीतका कारण चर्चामा रहेको यस फिल्मको ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन् । फिल्मको प्रचार-प्रसार पनि बलियो थियो । गीतसंगीत, स्टारकास्ट र प्रचार-प्रसारको ठूलो प्रभाव फिल्मको बक्सअफिसमा पर्ने अपेक्षा गरिएको छ । यसमा हरिवंश र निरुताले श्रीमान्श्री-मतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुताले फिल्ममा लिड रोल निभाएकी हुन् ।

‘दाल भात तरकारी’ मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, यमन श्रेष्ठ, जयनन्द लामा, मोहितवंश आचार्यलगायतको अभिनय छ । फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । मित्र. डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित