Nepal Mediciti Hospital Ad

विवाहमा कुटाकुट हुँदा एक जन्तीको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १९, २०७६ समाचार
Dead body in a mortuary

बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ ।

केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको एसपी भोला रावलले बताए ।

‘गाउँको केटीहरु जिस्क्याएको भन्दै बेहुली पक्षका केटाहरुले गाडी रोकेर जन्ती पक्षलाई कुटेछन्,’ घटनाको पुष्टि गर्दै एसपी रावलले भने । कुटपिटबाट जन्ती पक्षकै अर्का एक जना घाइते छन् ।

कुटपिटमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको एसपी रावलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित