Nepal Mediciti Hospital Ad

‘नेपाल लोक स्टार’ मेगा अडिसनको मिति सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १८, २०७६ Big News, Flash News, मनोरञ्जन, मुख्य खबर, लाेकस्टार विशेष
Nepal lok star

चाहाना मिडिया प्रा. ली.को प्रस्तुतिमा भइरहेको लोक गायन क्षेत्रको पहिलो रियालिटी शो ‘नेपाल लोक स्टार’ले दोस्रो चरण अर्थात मेगा अडिसनको मिति सार्वजनिक गरेको छ ।

सातै प्रदेशबाट पहिलो चरणको अडिसन पार गरेर आएका प्रतिस्पर्धिहरु मेगा अडिसनमा सहभागी हुनेछन् । ‘नेपाल लोक स्टार’ले सार्वजनिक गरेको तालिका अनुसार २०७६ जेठ २ गते धनगढी अडिसनबाट सेलेक्ट भएकाहरुको अडिसन हुनेछ । त्यस्तै जेठ ३ गते सुर्खेत, जेठ ४ गते बुटवल, जेठ ६ गते पोखरा, जेठ ७ गते इटहरी, जेठ ८ गते जनकपुर र अन्त्यमा जेठ १० र ११ गते काठमाडौँबाट सेलेक्ट भएका प्रतिस्पर्धिहरुको अडिसन हुनेछ ।

अडिसनमा सहभागी प्रतिस्पर्धिहरुलाई बरिष्ठ गायक जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बीबी अनुरागीले जज गर्नेछन् । ‘नेपाल लोक स्टार’को मेगा अडिसन टेलिभिजन च्यानल एपि. वान. एच. डि को स्टुडियो थापाथलीमा हुने आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिएका छन् ।’ नेपाल लोक स्टार’ टेलिभिजनमा भने जेठ २५ गते शनिवारबाट हरेक हप्ताको शनिवार र आइतवार वेलुका ८ :३० देखि ९ :३० बजेसम्म प्रसारण हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित