Nepal Mediciti Hospital Ad

पाउल पोग्बाले विश्वकप खेल्दा लगााएको जुत्ता ३० हजार युरोमा बिक्री

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १७, २०७६ खेलकुद, रोचक विचित्र
paul pogbas shoes

फ्रान्स तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ मा भएको रुस विश्वकपमा लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको छ । दुर्गम क्षेत्रका गरिब बालबालिकालाइ शिक्षा पुर्‍याउने उद्देश्यले आर्थिक संकलनका लागि सोमबार पेरिसमा पोग्बाको जुत्ता लिलामीपछि बिक्री भएको हो ।

अक्सनमा पोग्बाको जुत्ता ३५ देखि ५० हजार युरोसम्म बिक्री हुने अनुमान गरिएको थियो । तर, विश्वकप उपाधि जित्दा पोग्बाले लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको हो । रुस विश्कपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँलै उपाधि जितेको थियो ।

पोग्बाले विश्वकपमा आइसल्याण्डविरुद्ध लगाएको जर्सी पनि चार हजार युरोमा बिक्री भएको छ । उनको जुत्ता र जर्सी बिक्रीबाट प्राप्त रकम फ्रान्सको दुर्गम क्षेत्रका गरिब विद्यार्थीको सहगोगमा खर्च गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित