Nepal Mediciti Hospital Ad

देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १६, २०७६ कला खबर, भिडियो, मनोरञ्जन, साताका कलाकार
deshu gole

गायिका देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको शब्द र स्वर गायिका देशु गोले स्वयंकै रहेको छ। गीतमा संगीत भने अर्जुन पोख्रेलले भरेका छन् । गीतको म्युजिक भिडियोमा अरुसि मगर र कजिस श्रेष्ठले अभिनय गरेका छन् ।

गीतमा निर्देशन भने नेत्र किराँतीको रहेको छ । शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको म्युजिक भिडियोलाई गायिका देशु गोलेको युट्युव च्यानलबाट बाहिर ल्याइएको हो । म्युजिक भिडियोलाई राष्ट्रयगान ‘‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’’ का रचनाकार एवं साहित्यकार प्रदीपकुमार राई (व्याकुल माइला) ले सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथि समेत रहेका राईले गायिकालाई सफलताको शुभकामना सहित निरन्तरताको लागि कामना व्यक्त गरेका थिए । गायिका गोलेले यसअघि १६ वटा गीतहरु गाईसकेकि छिन् । गायिका गोलेले तामाङ सेलो, आधुनिक, पप लगायत धेरै प्रकारका गीतहरुमा स्वर भरिसकेकी छिन् ।

उनी सानै उमेरदेखि गीत संगीत क्षेत्रमा बढी रुचि राख्ने गर्थिन् । गायिका गोले गीत गाउँने रहर हुँदा हुँदै पनि विभिन्न कामहरुले गर्दा गाउँने कामलाई निरन्तरता दिन नसकेको बताउछिन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित