Nepal Mediciti Hospital Ad

‘एभेन्जर: इण्डगेम’ले बनायो नयाँ रेकर्ड, रिलीजको पहिलो हप्तामै कमायो ६ सय ४४ मिलियन डलर

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १५, २०७६ मनोरञ्जन, रोचक विचित्र
end game

शुुक्रबार रिलिज भएको ‘एभेन्जरः इण्डगेम’ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । पहिलो हप्तामै ‘एभेन्जरः इन्फिनिटी वार’को रेकर्ड तोड्दै यो चलचित्रले ६ सय ४४ मिलियन डलर कमाइसकेको छ । अप्रिल २०१८ मा रिलिज भएको ‘एभेन्जरः इन्फिनिटी वार’ले ६ सय ४१ मिलियन डलर कमाएको थियो ।

‘एभेन्जरः इण्डगेम’ एन्थोनी रुस्सो र जोइ रुस्सोद्वारा निर्देशित चलचित्र हो । यसलाई इन्फिनिटी वारको दोस्रो भागको रुपमा चिनिन्छ । इण्डगेम मार्भलको बाइसौँ चलचित्र हो । इण्डगेममा रोबर्ट डाउनी जेआर, क्रिस इभन्स, मार्क रुफलो, क्रिस हेम्सवर्थ, स्कारलेट जोनसनलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित