Nepal Mediciti Hospital Ad

तिम्रै याद आउँछ आमा

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १५, २०७६ गजल, साहित्य, सिर्जना
lap of mom

गड्याङगुडुङ आकाश गर्दा तिम्रै याद आउछ आमा
मुसलधारे पानी पर्दा तिम्रै याद आउछ आमा।।

रङ फेर्छन् मान्छेले छेपारो झै हुन्छन् भन्थेउ
आफ्नाले नै आँखा तर्दा तिम्रै याद आउछ आमा।।

सहानुभुति देखाउने कति आउछन् कति जान्छन्
चोट लागेर आँशु झर्दा तिम्रै याद आउछ आमा।।

बर्तमानले झस्काउँदा भबिष्यले तर्साउदा
अनिदो मै रात टर्दा तिम्रै याद आउछ आमा।।

तनाव पिर र वेफुर्सदले अतालिदा अतालिदै
लागेको भोक यसै मर्दा तिम्रै याद आउछ आमा।।

-मनिषा पौडेल

प्रतिकृया दिनुहोस्

सम्बन्धित