Nepal Mediciti Hospital Ad

विवाह पहिले नै पिता बन्दैछन् अर्जुन रामपाल

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १२, २०७६ मनोरञ्जन, रोचक विचित्र
Arjun

बलिउडमा अभिनेता वा अभिनेत्रीहरु विवाहभन्दा अगाडि नै माता-पिता बन्ने चलन निकै पुरानो हो । हालै बाहिरिएको खबरअनुसार, बलिउड अभिनेता अर्जुन रामपालकी गर्लफ्रेण्ड ग्याब्रिएला डेमेट्रिएडस आमा बन्दैछिन् । अर्जुनले गत वर्ष पत्नी मेहरसँग २० वर्ष लामो सम्बन्ध टुंग्याएका थिए । अब उनकी गर्लफ्रेण्ड विवाह अगाडि नै आमा बन्दैछिन् ।

डेमेट्रिएडसले अर्जुनसँगको एक तश्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यसमा अर्जुन, ग्याब्रिएलाको निधारमा चुम्बन गर्दै देखिएका छन् । तश्बिरमा ग्याब्रिएलाको बेबी बम्प पनि देखिएको छ । उनले क्याप्सनमा लेखेकी छन्, तिमीहरु दुई साथ हुनुको खुसी महशुस गरिरहेको छु । अब तिमीलाई मिल्ने व्यग्र प्रतिक्षा छ ।

अर्जुनले पनि आफ्नो इस्टाग्राममा ग्याब्रिएलासँगको एक प्रेमिल ब्ल्याक एण्ड व्हाइट तश्बिर साझेदार गरेका छन् । उनले तश्बिरसँगै क्याप्सनमा लेखेका छन् | म भाग्यमानी हुँ कि, तिमी मलाई मिल्यौ र एक नयाँ सुरुवात भयो । धन्यवाद बेबी यो बेबीका लागि । पूर्वपत्नी मेहरसँग टाढिए पनि अर्जुन छोरीसँग भने निकै नजिक छ ।

२००१ मा आएको फिल्म प्यार, इश्क और मोहब्बत बाट उनले बलिउडमा डेब्यू गरेका थिए । डेब्यूसँगै उनलाई अन्तर्राष्ट्रीय भारतीय फिल्म एकेडेमिबाट ‘फेस अफ द ईयर’ को अवार्ड दिइएको थियो । २००७ मा शाहरुख खानको डबल रोल रहेको फिल्म ‘ओम शान्ति ओम’ मा उनले एक दमदार भिलेनको भूमिका निभाएका थिए । उनको पछिल्लो फिल्म ‘पल्टन’ हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित