Nepal Mediciti Hospital Ad

बाढीले बगाएर ११ वर्षीय बालकको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ११, २०७६ समाचार
child-death

रामेछाप दोरम्बा गाउँपालिका-३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ ।

मंगलबार स्थानीय भीमसेन खोलामा आएको बाढीले ११ वर्षीय अनिष श्रेष्ठलाई बगाएको हो । खोला तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।

उनीसँगै हजुरबुबा भीमसेनलाई पनि बगाएको थियो । हजुरबुवा भने करिब ५० मिटर तल पुगेर निस्किएका थिए ।

अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए ।

यसवर्ष रामेछापमा वैशाख महिना लागेसँगै मुसलधारे खण्डवृष्टि भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित