Nepal Mediciti Hospital Ad

श्रीमतीले गरिन् ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १०, २०७६ समाचार
death-tapaikokhabar

पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षकले जानकारी दिएका छन्।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएको बेला श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो ।मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित