Nepal Mediciti Hospital Ad

विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवा २०७६’ हुँदै

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ५, २०७६ कला खबर, पत्रपत्रिकाबाट, मनोरञ्जन
Miss newa 2076

नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले तेस्रो संस्करणको विजेताले स्कुटी प्राप्त गर्ने र अन्य विजेतालाई आकर्षक उपहारसमेत प्रदान गरिने बताएका छन् । प्रतियोगिताका सहभागीलाई एवं विजेतालाई रु पाँच लाख बराबरको बीमा, म्युजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ ।

आगामी शनिबारदेखि विराटनगरबाट नामाङ्कन शुरु गर्ने तथा धरानमा वैशाख १४ र दमकमा वैशाख २१ गते अडिसन हुने निर्देशक ताम्राकारले जानकारी दिए । विभिन्न चरणको छनोट कार्यक्रममा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित