आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

नदीमा पौडी खेल्न गएका दुई युवा बेपत्ता

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २, २०७६ पत्रपत्रिकाबाट, समाचार
swimming

कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताएका छन् । दुईजना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित