Nepal Mediciti Hospital Ad

माटोको ढिस्कोले पुरिएर १४ वर्षकि किशोरीको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : चैत २९, २०७५ समाचार
death11

दाङ जिल्लामा माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदीमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ वर्षीय किशोर निरज परियार बिहान घाइते भएका थिए । परियार बालुवाको ढिस्को खसि पुरिन जाँदा गम्भीर घाइते भएका थिए ।

तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका परियारका उपचारको क्रममा अहिले मृत्यु भएको इप्रका तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले ट्रेक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित