Nepal Mediciti Hospital Ad

आईपीएल अपडेट: आज दिल्ली र कोलकताबिच खेल हुँदै

तपाईको खबर संवाददाता प्रकाशित : चैत २९, २०७५ खेलकुद
Sandeep Lamichhane

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग क्रिकेटमा शुक्रबार कोलकता नाइट राइर्डससँग प्रतिस्पर्धा गर्दैछ ।  दिल्ली चौंथो जितको खोजीमा रहँदा कोलकता शीर्षस्थानका लागि संघर्षरत छ । युवा खेलाडीमा प्रेरित दिल्लीले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

आइपीएलको २६ औं तथा आफ्‍नो ७ औं खेलमा दिल्ली कोलकताविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । कोलकताको घरेलु मैदान इडेन गाडेन्समा खेल बेलुका ८:१५ बजे सुरू हुनेछ।

दिल्ली चौंथो जितको खोजीमा रहँदा कोलकता शीर्षस्थानका लागि संघर्षरत छ । युवा खेलाडीमा प्रेरित दिल्लीले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पछिल्ला चारै खेलमा स्थान बनाएका नेपाली युवास्टार सन्दीपबारे शुक्रबार पनि समथर्कमा उत्तिकै चासो छ । प्रत्येक खेलमा विकेट लिएका सन्दीपले उत्कृष्ट बलिङ भने गर्न सकेका छैनन् ।

सुरुआती २ खेलमा किफायति बलिङ गरेका उनी पछिल्ला खेलमा भने महंगो सावित भएका थिए । पछिल्ला खेलमा उनले गरेको प्रदर्शनका आधारमा कप्तान श्रेयस ऐयरले उनलाई टोलीमा समावेश गर्नेबारे समर्थकमा चासो छ । सन् २०१८ को आइपीएलबाट डेब्यू गरेका सन्दीपले यो सिजनमा ५ विकेट लिएका छन् ।

उनी आवद्ध दिल्ली ६ खेलमध्ये ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ छैठौं स्थानमा छ । कोलकत्ता समान खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित