आज : २०७६ कात्तिक ८ गते

Nepal Mediciti Hospital Ad

पाकिस्तानमा बम बिस्फोट, १६ जनाको ज्यान गयो

तपाईको खबर संवाददाता प्रकाशित : चैत २९, २०७५ अन्तर्राष्ट्रिय, प्रवास
bomb blast at pakistan

पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो ।

समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् ।पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित