आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

गुल्मीमा जिप दुर्घटना पूर्वसांसदसहित २ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : चैत २८, २०७५ Flash News, मुख्य खबर, समाचार
accident

गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजीले पुष्टि गरेका छन् ।

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।

दुर्घटनामा अर्का एक जना बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दारले जानकारी दिएका छन् ।

जिप दर्लिनबाट बुटवल जाँदै थियो । जिपमा १० जना सवार थिए ।दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, सोहि वडाकै २६ वर्षीया कोशिला थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।

यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षकले जानकारी दिए । घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ ।

जिप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल बाग्लुङको सिमानामा पर्दछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित