Nepal Mediciti Hospital Ad

लघु चलचित्र ‘माँ’ युट्युबमा सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : चैत २५, २०७५ फिल्म-संगीत, मनोरञ्जन
maa

परिच्छेद सेनको लघु चलचित्र “माँ” युट्युबमा सार्बजनिक भएको छ । चलचित्रले “आमाबाबुको माया छोराछोरी माथि,छोराछोरीको माया ढुंगामुडा माथि” भन्ने भनाइलाई दृश्य भाषा मार्फत प्रस्तुत गर्न खोजेको छ।अभिभावकले सन्तानको खुसिको लागि आफ्नो आवश्यतालाई कति सम्म त्याग गर्न सक्छन भन्ने कुरा देखाईएको छ।

चलचित्रले स्पेनमा सर्टअफ द एयरका लागि जूरी स्पेशल मेंशन अवार्ड र सुपर डिस्ट्रीब्युशन अवार्ड जितेको थियो।त्यसैगरी नेपाल इन्टरनेशनल फिल्म फेस्टिवलमा उत्कृस्ट निर्देशक , याला इन्टरनेशनल इन्डी फिल्म फेस्टिवलमा उत्कृस्ट फिमेल लिड एक्ट्रेस बिजेता पनि भएको थियो।

सेन कै लेखन तथा निर्देशनरहेको चलचित्र “माँ” अमेरिकाको क्रशओभर फिल्म फेस्टीभलमा उत्कृष्ट निर्देशक, उत्कृष्ट फिमेल आर्टिस्ट,उत्कृष्ट निर्माता, उत्कृष्ट ओर्जिनल म्यूजिक अवार्ड जितीसकेको थियो भने उत्कृष्ट छ्यांकनमा पनी नोमीनेशनमा परेको थियो, हाल यो चलचित्र फिलिपिन्स, केन्या र इण्डिया लगाएत बिभिन्न देशका फिल्म फेस्टिभलमा प्रदर्शन भईरहेको छ ।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको चलचित्रलाई ईन्फ्युज पिक्चर र नितजी इंटरटेनमेन्टले निर्माण गरेका हुन् । चलचित्रमा गोरखा लाप्रक निबासी आस्पानी गुरुंग,राज गुरुंग, जेशन गुरुंग लगाएत सम्पूर्ण लाप्राकी बासिले अभिनय गरेका छन् । चलचित्रलाई सुबिग्य सुन्दर श्रेष्ठले सम्पादन तथा तेंजिन पाल्देनले छायांकन गरेका हुन् । चलचित्रको निर्माता प्रकाश पूरी हुन् भने सह निर्माता बसंती देवी श्रेष्ठ(सेन) हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित