Nepal Mediciti Hospital Ad

आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई ‘रारा ताल’

तपाईको खबर संवाददाता प्रकाशित : चैत १५, २०७५ पर्यटन-ऊर्जा
Rara lake

नेपाल प्राकृतिक सम्पदाले भरीपूर्ण भएको देश हो । क्षेत्रफलको हिसाबले सानो भएको नेपालमा हिमालका चुचुरा तराईका समथर फाँट र पहाडि डाडाँकाडा सबै भने अटाएको छ।

नदी खोला तालतलैया जस्ता प्राकृतिक स्रोतहरुले भरीएको देश नेपालमा पछिल्लो समय रारा ताल अवलोकन गर्ने ट्रेन्ड नै चलेको छ भन्दा पनि फरक नपर्ला । बर्षेनी रारा ताल भिजिट गर्ने आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दो छ ।

रारा ताल नेपालको संघिय प्रणाली अनुसार प्रदेश नं ६ मुगु जिल्लामा पर्दछ । समुद्रि सतहभन्दा २९९० मिटर माथि रहेको रारा ताल को क्षेत्रफल ६.११ बर्गमिटरमा फैलिएको छ। ५४८ फिट गहिरो रारा ताल रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतकै जमिनभित्र पर्दछ ।

घाम उदाउने बेला, दिउसो र घाम अस्ताउने समयमा फरक फरक भिउ देखिने भएकोले रारा घुम्न गएका पर्यटकहरु सजिलै आफ्नो थकान भुल्ने बताउछन् । रारा ताल नजिकै रहेको ठाकुर बाबाको मन्दिरले पनि छुट्टै धार्मिक महत्व बोकेको छ ।

त्यसैले त्यहि मन्दिरको दर्शन गर्नको लागि भनेर धेरै आन्तरिक पर्यटकहरु रारा जाने गर्दछन् । रारा तालबाट ४ कि मि पूर्व ताल्चा यएरपोर्ट रहेको छ । आन्तिरिक उडान बाट पनि रारा ताल भिजिट गर्न सकिन्छ । रारा तालमा २० भन्दा धेरै प्रजातीका माछाहरु पाइन्छन् ।

बसन्तमा फुल्ने बिभिन्न जातका फूलहरु कमल र जलकुम्भीले तालको सुन्दरतामा सुगन्ध थपेको छ। तालको वरपर बिभिन्न प्रजातिका हाँस, चराचुरुङ्गी र बकुल्लाहरु देख्न सकिन्छ।

रारा घुम्न उपयुक्त महिना सेप्टेम्बर, अक्टोबर, अप्रिल र मे लाई मानिन्छ । जाडो याममा रारा तालको तापक्रम अत्यन्तै न्यून हुने भएकोले घुम्न उपयुक्त हुदैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित